लामो समयदेखिको भ्रमपूर्ण व्याख्या, गलत अभ्यास र अपूर्ण शिक्षाले शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्व र स्वरूपमा बुझेको पाइन्छ। विष्णुले शेषनाग एवं क्षीरसागरमा बसी योगनिद्राबाट, ब्रम्हाले कमलको फूलमाथि बसी, महादेवले हिमालयमा आसन कसेर, देवीहरुले पर्वत र पानीनजिक बसी परमात्माको चिन्तन गरेको पुराणहरूले बताउँछन्। यिनीहरू परमात्मा भए अरूको ध्यान किन गर्छन्? फरक पुराणहरूले महादेव, विष्णु, देवी, […]