कश्यप र कद्रूबाट उत्पन्न भएका नागलाई पवित्र जीव, पुजनीय प्राणी, अचूक अस्त्र, प्रकृतिको संरक्षक, विश्वको रक्षक मानिन्छ। महादेवको घाँटी, कमर, नाडी आदिमा नौवटा नाग छन्। महादेवलाई ‘नागेन्द्रहाराय त्रिलोचनाय’ अर्थात् नागका माला र बालाले सजिएको बताइन्छ। विष्णु शेषनागमा सुतेका छन्, पृथ्वीलाई शेषनागले बोकेका छन्। मन्दिर, मूर्ति, तन्त्र, दर्शन, जीवनदेखि ब्रम्हाण्डसम्म नागको नाता जोडिएको छ। घर, धारा […]