प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि परेको एकमात्र उम्मेदवारी रहेकाले उनलाई निर्विरोध चयन गरिएको हो।
संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमा भित्र अर्याल बाहेक अन्य कुनै उम्मेदवार नपरेकाले उनी स्वतः सभामुखमा निर्वाचित भएका हुन्।
विज्ञापन
नवनिर्वाचित सभामुख अर्यालले प्रतिनिधिसभालाई निष्पक्ष, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै दलबीच सहकार्य र सहमतिको वातावरण निर्माण गर्दै संसद्को गरिमा कायम राख्ने बताएका छन्।
राजनीतिक वृत्तमा उनको चयनलाई सहमतिमूलक राजनीतितर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। अब उनीले प्रतिनिधिसभाका बैठक सञ्चालन, संसदीय कार्यसूची व्यवस्थापन तथा सदनको मर्यादा कायम राख्ने जिम्मेवारी सम्हाल्नेछन्।
फेसबुक प्रतिक्रियाहरु