बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • जन्मदिनलाई धार्मिक सेवासँग जोड्दै चक्र चन्द सोडारीद्वारा महायज्ञको कर्ता बन्ने संकल्प
Breaking News

जन्मदिनलाई धार्मिक सेवासँग जोड्दै चक्र चन्द सोडारीद्वारा महायज्ञको कर्ता बन्ने संकल्प

टीकापुर । टीकापुर नगरपालिका–१, ब्लक नम्बर १६ निवासी तथा महालक्ष्मी गार्मेन्टका सञ्चालक एवं युवा समाजसेवी चक्रचन्द सोडारीले आफ्नो जन्मदिनको अवसरमा टीकापुरमा आयोजना हुने १०८ कुण्डीय गोपाल अष्टोत्तरशत् महायज्ञ तथा कोटीहोममा कर्ता बन्ने घोषणा गर्नुभएको छ।

टीकापुरमा आगामी फागुन १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा सोडारीले व्यक्तिगत जन्मदिनलाई धार्मिक तथा सामाजिक सेवासँग जोड्दै कर्ता बन्ने संकल्प गर्नुभएको हो।

विज्ञापन

जन्मदिनका अवसरमा हुने खर्चलाई धार्मिक तथा सामाजिक कार्यमा सदुपयोग गर्ने उद्देश्यले गरिएको उहाँको घोषणाले महायज्ञको कर्ता बन्ने अभियानलाई थप उत्साह मिलेको आयोजकले जनाएको छ।

व्यक्तिगत उत्सवलाई सामाजिक तथा धार्मिक सेवासँग जोड्ने उद्देश्यले जन्मदिन, वैवाहिक वर्षगाँठलगायत विशेष अवसरमा हुने खर्चको केही हिस्सा महायज्ञमा योगदान गर्न आयोजकले विभिन्न क्षेत्रका व्यक्ति तथा परिवारलाई आह्वान गरेको छ।

यसअघि टीकापुर उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा समाजसेवी पुष्पराज बम र टीकापुर बहुमुखी क्याम्पसका प्रशासकीय अधिकृत धुर्वबहादुर रावलले समेत आफ्नो जन्मदिनको अवसरमा महायज्ञको कर्ता बन्ने घोषणा गरिसक्नुभएको आयोजकले जनाएको छ।

महायज्ञ तथा कोटीहोमलाई सफल बनाउन विभिन्न उपसमितिमार्फत तयारी भइरहेको छ। महायज्ञ अवधिभर धार्मिक अनुष्ठानसँगै विभिन्न आध्यात्मिक तथा सामाजिक गतिविधिसमेत सञ्चालन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ।

जन्मदिनको अवसरमा महायज्ञको कर्ता बन्ने संकल्प गर्नुभएका चक्रचन्द सोडारीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आयोजकले उहाँको धार्मिक तथा सामाजिक योगदानको प्रशंसा गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस