बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • गोलस्टार: ५५ वर्षको संघर्ष, विश्वास र नेपालीपनको कथा
Breaking News

गोलस्टार: ५५ वर्षको संघर्ष, विश्वास र नेपालीपनको कथा

५५ वर्षअघि गोलस्टारले एउटा कठिन निर्णय गर्‍यो—आयात गरेर बेच्ने होइन, नेपालमै उत्पादन गर्ने। व्यापार गर्न सजिलो थियो, तर हामीले उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र देशको उत्पादनशील अर्थतन्त्रलाई बलियो बनाउने बाटो रोज्यौं।

विज्ञापन

यस यात्रामा हामीले अनेकौं चुनौतीहरूको सामना गर्‍यौं। माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी, नोटबन्दी, विनाशकारी भूकम्प, कोभिड महामारी तथा निर्यातका विभिन्न अवरोधहरू पार गर्दै गोलस्टार निरन्तर अघि बढ्यो। आज पनि अनधिकृत व्यापार र अस्वस्थ प्रतिस्पर्धासँग जुध्नुपरेको छ, तर नेपाली उत्पादनप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै कमजोर भएको छैन।

आज गोलस्टारले ३,००० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ। हाम्रा करिब ७० प्रतिशत श्रमिक महिला छन्, जसले आफ्नो परिवार, समुदाय र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। विगत ५५ वर्षमा गोलस्टारले हजारौं परिवारको जीवनस्तर सुधार्न र लाखौं नेपालीको जीविकोपार्जनमा अप्रत्यक्ष योगदान पुर्‍याएको छ।

हालै संसदमा सम्माननीय प्रधानमन्त्री बलेन्द्र शाहज्यूले गोलस्टार जुत्ता लगाउनुभएको दृश्य केवल एउटा ब्रान्डको प्रयोग मात्र थिएन। त्यो नेपाली उद्योग, नेपाली श्रमिक, नेपाली उत्पादन र आत्मनिर्भर नेपालको सपनाप्रतिको सम्मानको प्रतीक थियो।

प्रधानमन्त्रीज्यूले गोलस्टार जुत्ता मात्र लगाउनुभएन, उहाँले ५५ वर्षदेखि निरन्तर मेहनत गरिरहेका हजारौं श्रमिकहरूको संघर्ष, नेपाली उद्योगप्रतिको विश्वास र स्वदेशी उत्पादनको सम्मानलाई साथ दिनुभयो।

यस विश्वास र समर्थनका लागि सम्माननीय प्रधानमन्त्री बलेन्द्र शाहज्यूलाई हार्दिक धन्यवाद।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस