मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै
Breaking News

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

निर्वाचन आयोग ले स्थगित गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आज (चैत २२) देखि पुनः सुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण गत मंसिर ६ गतेदेखि रोकिएको यो कार्य आयोगको चैत १८ गतेको निर्णयअनुसार पुनः सञ्चालनमा ल्याइएको हो ।

विज्ञापन

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका नेपाली नागरिकले अब अनलाइन प्रणालीमार्फतै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

यस्तै, राष्ट्रिय परिचयपत्र नभएका नागरिकले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरेपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

यस कार्यक्रममार्फत नाम, ठेगाना सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइका विवरण अद्यावधिक गर्ने लगायतका सेवा पनि अनलाइनबाटै उपलब्ध हुने आयोगले जनाएको छ ।

आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस