मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन हुने
Breaking News

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन हुने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ।

विज्ञापन

प्रतिनिधि सभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त बैठक बस्न लागेको यो पहिलो अवसर हो। संविधानको धारा ९५(२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।

यसैबीच, संघीय संसद् सचिवालयले राष्ट्रपतिको सम्बोधन हुने बैठकका लागि आवश्यक तयारी पूरा गरेको छ। सचिवालयले बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि अर्थात् दिउँसो २:४५ बजेभित्र सदस्यहरूलाई उपस्थित भइसक्न सूचित गरेको जनाएको छ।

राष्ट्रपतिको सम्बोधनसँगै संघीय संसद्को नयाँ अधिवेशनको औपचारिक सुरुआत हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस