शनिबार, बैशाख ५, २०८३
  • होमपेज
  • प्रधानमन्त्री बालेन्द्र शाह र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल
Breaking News

प्रधानमन्त्री बालेन्द्र शाह र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र सातै प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा संघ र प्रदेशबीच समन्वय, विकास निर्माणका योजना, सेवा प्रवाह तथा जनताका सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

विज्ञापन

बैठकमा प्रदेश सरकारका प्राथमिकता, बजेट कार्यान्वयन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा तथा रोजगारी सिर्जनाका विषयमा समेत विचारविमर्श भएको थियो । प्रधानमन्त्री शाहले संघीय शासन व्यवस्थालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशका समस्या, सम्भावना तथा केन्द्र सरकारबाट अपेक्षित सहयोगबारे धारणा राखेका थिए । बैठकले आपसी समन्वयलाई थप मजबुत बनाउँदै विकासका कामलाई तीव्रता दिने निष्कर्ष निकालेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस