बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा ४ अर्ब बजेट विनियोजन
Breaking News

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा ४ अर्ब बजेट विनियोजन

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले उक्त जानकारी दिएका हुन् ।

सरकारले स्टार्टअप तथा साना–मझौला व्यवसायलाई राष्ट्रिय उद्यम इकोसिस्टममा जोड्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फ्यासिलिटी’ स्थापना गर्ने घोषणा पनि गरेको छ । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विज्ञापन

यस प्लेटफर्ममार्फत उद्यमसँग सम्बन्धित नीतिगत सुधार, नवीन वित्तीय उपकरणको पहुँच, इन्क्युबेसन सेवा, सहयोगी सञ्जाल निर्माण तथा स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाइने विश्वास सरकारले लिएको छ ।

त्यसैगरी, युवा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई स्वदेशमै अनुसन्धान गर्ने वातावरण सिर्जना गर्न अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

कृषि तथा पशुजन्य क्षेत्रमा उद्यम गर्न चाहने एक हजार युवालाई स्टार्टअप सुविधा उपलब्ध गराइने घोषणा समेत सरकारले गरेको छ ।

सरकारको यो कदमले नेपालमा अनुसन्धान, प्रविधि विकास, स्टार्टअप संस्कृति तथा नवप्रवर्तनमैत्री उद्यम वातावरण निर्माणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस