सोमवार, बैशाख ७, २०८३
  • होमपेज
  • गुगलले ल्यायो ‘सुपरब्रेन’ क्वान्टम चिप, खोल्नेछ अर्बौं वर्षको रहस्य
Breaking News

गुगलले ल्यायो ‘सुपरब्रेन’ क्वान्टम चिप, खोल्नेछ अर्बौं वर्षको रहस्य

दिग्गज सूचनाप्रविधि कम्पनी गुगलले सोमबार आफ्नो पहिलो क्वान्टम चिप विलो (Willo)सार्वजनिक गरेको छ । गुगलको उक्त चिपलाई क्वान्टम कम्प्युटिङ क्षेत्रमा एउटा ठूलो कदम मानिएको छ ।

विज्ञापन

विलोको चर्चा चुलिँदै जाँदा टेस्ला तथा एक्सका मालिक एलन मस्कले समेत गुगलका सीईओ सुन्दर पिचाइसँग कुराकानी गरेका छन् ।

यसले पनि गुगलले बनाएको क्वान्टम चिप विलो कस्तो हो ? भन्ने आम जिज्ञासा हुनु स्वाभाविकै हो ।

समाचार अनुसार उक्त क्वान्टम चिपले कठिनभन्दा कठिन सवालहरु समेत केही मिनेटमा समाधान गर्न सक्दछ । सो चिपकै कारण समानान्तर ब्रम्हाण्ड तथा मल्टिभर्स जस्ता अवधारणाहरुमाथि समेत चर्चा हुन थालेको छ । यो चिपले भविष्यमा धेरै कुरा परिवर्तन गर्नसक्ने बताइएको छ ।

के हो गुगल विलो ?

क्वान्टम चिप गुगल विलोलाई अर्को पुस्ताको चिप भनिएको छ । यो चिपलाई सेन्ट बार्बारास्थित कम्पनीको क्वान्टम ल्याबमा तयार गरिएको हो । यो चिपले कठिनभन्दा कठिन गणितीय समस्याहरुलाई केही मिनेटमै समाधान गर्न सक्दछ । विद्यमान सुपर कम्प्युटरहरुलाई समाधानका लागि ब्रम्हाण्डको आयुभन्दा पनि धेरै समय लाग्ने त्यस्ता सवाललाई यो चिपले केवल ५ मिनेटमै हल गर्न सक्दछ ।

उक्त चिप सार्वजनिक गर्दै गुगल सीईओ सुन्दर पिचाईले लेखेका छन्– यो विलो हो, हाम्रो नयाँ क्वान्टम कम्प्युटिङ चिप । यस चिपमा हामीले अधिक क्युबिट्सको प्रयोग गरेका छौं, जसका कारणबाट गल्तीहरुलाई कम गर्न सकिने छ । यसले क्वान्टम क्षेत्रको ३० वर्षको एउटा समस्या दूर गर्ने छ ।

उक्त चिपको प्रयोग क्वान्टम कम्प्युटिङ मा हुनेछ । गुगलका अनुसार अहिलेको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरले जुन कामलाई १० सेप्टिलियन (१० अंकको पछाडि २५ वटा शुन्ना भएको संख्या) वर्षमा गर्दछ, त्यसलाई विलोले केवल ५ मिनेटमा गर्न सक्छ । १० सेप्टिलियन भनेको यति ठूलो समय हो कि एउटा ब्रम्हाण्डको उमेर पनि यसभन्दा छोटो हुन्छ ।

के हो क्वान्टम कम्प्युटिङ ?

क्वान्टम कम्प्युटिङले क्वान्टम मेकानिक्सको सिद्धान्तमा काम गर्दछ जुन पारम्परिक कम्प्युटरका क्षमताहरु भन्दा टाढाका कुनै पनि समस्या हल गर्न सक्दछ । सजिलो भाषामा भन्नुपर्दा पारम्परिक कम्प्युटरले बिट्समा काम गर्दछ । जसमा जानकारीहरु ० वा १ को रुपमा प्रोसेस गरिन्छ । तर क्वान्टम कम्प्युटिङमा क्युबिट्सको प्रयोग गरिन्छ । यसमा ० वा १ वा दुबै अंकहरु एकसाथ प्रयोग हुनसक्छन् । यस प्रक्रियालाई सुपर पोजिसन भनिन्छ । तिनै क्युबिट्सका कारण क्वान्टम कम्प्युटरका विभिन्न गणनाहरुलाई एकसाथ गर्न सकिन्छ । जसमा कठिन तथा जटील समस्याहरुलाई पनि सजिलैसँग समाधान गर्न सकिन्छ ।

के हुनेछ उक्त चिपको फाइदा ?

विलोका माध्यमबाट गुगलले जे गरेको छ त्यो निकै महत्वपूर्ण छ । यद्यपि यसको एउटा ठूलो चुनौति भनेको वास्तविक जीवनमा यसका फाइदालाई अनुभूत गर्नु रहेको छ । गुगलका अनुसार यस चिपले एआई, औषधी चिकित्सा, ऊर्जा प्रणाली तथा फ्युजन ऊर्जाको अनुसन्धानमा निकै सहयोग गर्नेछ ।

एआईको क्षेत्रमा यो चिप निकै सहयोगी सावित हुने अपेक्षा गरिएको छ । एउटा एआई मोडेललाई तालिम दिनका लागि त्यसलाई निकै धेरै डेटा दिनु पर्दछ । यो मामिलामा क्वान्टम कम्प्युटर निकै उपयोगी सावित हुनसक्छ किनकि यसले निकै तीव्र गतिमा डेटालाई कम्प्युट गर्नसक्छ ।

किन मानिँदैछ ठूलो सफलता ?

वास्तवमा क्वान्टम कम्प्युटिङमा एउटा ठूलो चुनौती भनेकै त्रुटी हो । यहाँ क्युबिट्सको असर एकअर्कामा पर्दछ । यस्तोमा कुनै पनि क्युबिटमा केही समस्या आउँदा त्यसबाट सम्पूर्ण हिसाब गडबड हुन्छ । अर्कोतर्फ जति धेरै क्युबिट्सको प्रयोग हुन्छ, उति नै धेरै त्रुटी हुने जोखिम बढ्दछ ।

गुगलका अनुसार विलो चिपमा १०५ क्युबिट्सको प्रयोग गरिएको छ । उक्त क्यूबिट्ससँगै विलोले क्वान्टम एरर करेक्सन तथा र्यान्डम सर्किट स्याम्पलिङ गरी दुईथरी मापदण्डमा उच्चतम कार्यसम्पादन गर्न सफल भएको छ ।

– एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस