आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक
Breaking News

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक

नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक संविधानको धारा ७६(१) प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको छ। यससँगै मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बन्ने ऐतिहासिक उपलब्धि समेत कायम भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

विज्ञापन

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा भएको निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस