बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट के.एच. बुढाथोकीले चितवनको विकट पहाडी भेगमा कृषि र पर्यटनमा उद्यमशीलता प्रवर्द्धन गर्दै
Breaking News

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट के.एच. बुढाथोकीले चितवनको विकट पहाडी भेगमा कृषि र पर्यटनमा उद्यमशीलता प्रवर्द्धन गर्दै

चितवनको विकट पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो रहँदै गाउँ बस्ती खाली हुने क्रम बढिरहेका बेला ‘काउले हिल्स एग्रोहर्ब्स प्रा. लि.’ ले नवीन पहल थालेको छ। स्थानीय स्तरमै कृषि उत्पादन, माहुरी पालन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्पनी स्थापना गरिएको हो।

कम्पनीले पहाडी क्षेत्रमा तरकारी, अन्नबाली, फलफूल तथा जडिबुटी खेती विस्तार गर्ने र त्यसको परागसेचनका लागि माहुरी पालनलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ। उत्पादनलाई बजारसम्म ढुवानी नगरी स्थानीयमै खपत गराउने रणनीतिअनुसार काउले क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।

विज्ञापन

यसअन्तर्गत ‘निःशुल्क फलफूल खान पाइने ठाउँ’ भन्ने अवधारणासहित व्यापक रूपमा फलफूल रोप्ने अभियान सञ्चालन गरिएको छ। साथै, स्थानीयलाई होमस्टे सञ्चालनमा प्रोत्साहन गर्दै यहाँ उत्पादित वस्तुहरू यहीँ खपत हुने वातावरण बनाउने काम भइरहेको छ।

कम्पनीसँग २५ वर्षभन्दा लामो माहुरी पालनको अनुभव रहेको छ। सोही अनुभवका आधारमा सेरेना जातको माहुरीको नमूना फर्म विकास गरी माहुरी पालन संस्कार विस्तार गर्ने योजना अघि बढाइएको छ।

हाल माझ काउले क्षेत्रमा २६ कठ्ठा जमिनमा २०७९ साल फाल्गुन महिनामा ५०० बिरुवा आरुबखडा तथा नास्पाती, ओखर, मेकाडामिया नट, एभोकाडो र स्याउ गरी कुल ६५० बिरुवा रोपिएको छ।

यस क्षेत्रमा व्यापक वन क्षेत्र रहेकोले माहुरी पालनको ठूलो सम्भावना रहेको कम्पनीले जनाएको छ। आगामी दिनमा नमूना होमस्टे र माहुरी पालन फर्मलाई थप विस्तार गर्दै काउलेलाई कृषि र पर्यटनको समन्वित गन्तव्य बनाउने योजना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस