बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय मञ्चमा खेलियो नेपालको मौलिक खेल बाघचाल
रैथाने भाषा

अन्तर्राष्ट्रिय मञ्चमा खेलियो नेपालको मौलिक खेल बाघचाल

नयाँ दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा नेपालको मौलिक रणनीतिक खेल बाघचाल प्रतियोगिता सम्पन्न भएको छ। पछिल्ला दुई वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा यस वर्ष सार्क राष्ट्रहरूका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्। सानो प्रयास भए पनि यस्तो कार्यक्रमले लोपोन्मुख अवस्थामा रहेको नेपाली मौलिक खेललाई पुनः जागरण गर्न र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विज्ञापन


आयोजक तथा त्यहाँ अध्ययनरत विद्यावारिधि शोधार्थी टेकराज कोइरालाका अनुसार, मौलिक खेलहरूले देशको संस्कृति, परम्परा तथा ज्ञान प्रणालीलाई झल्काउने भएकाले यस्ता गतिविधिहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ।

सार्क राष्ट्रहरूद्वारा स्थापित दक्षिण एशियाली विश्वविद्यालयले विभिन्न देशका विद्यार्थीहरूलाई एकअर्काको संस्कृति र परम्परा बुझ्न तथा साझा गर्न उत्कृष्ट अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस