बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन
Breaking News

सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन

सिंहदरबारभित्रको इन्टरनेट सेवा प्रभावकारी बनाउन सरकारका उच्च निकायले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सेवाग्राही तथा कर्मचारीहरूले कामकाजमा ढिलाइ र असहजता भोग्नुपरेको गुनासो बढेपछि यस्तो निर्देशन दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले इन्टरनेट सेवाको गुणस्तर सुधार, गति वृद्धि तथा स्थायित्व सुनिश्चित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बन्धित सेवा प्रदायक संस्थालाई आवश्यक पहल गर्न आग्रह गरेको जनाएको छ ।

विज्ञापन

हाल सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा इन्टरनेट सेवा पटक–पटक अवरुद्ध हुने, ढिलो चल्ने तथा प्राविधिक समस्या देखिने गरेको छ । यसले सरकारी कामकाजमा प्रत्यक्ष असर पारेको भन्दै तत्काल सुधार गर्न भनिएको हो ।

सम्बन्धित निकायले समस्या पहिचान गरी दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार विकास, नियमित मर्मतसम्भार तथा निगरानी प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ । साथै, सेवाको गुणस्तरमा सुधार ल्याउन समन्वयात्मक रूपमा काम गर्न पनि निर्देशन दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस