सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई थप सहज, छरितो र व्यवस्थित बनाउन सुझाव दिनुभएको छ । उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि प्रशासनिक झन्झट घटाउनुपर्नेमा जोड दिनुभएको थियो ।
विज्ञापन
त्यसैगरी, सभामुख अर्यालले निजी क्षेत्रको मनोबल बढाउने तथा उद्योग व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
उद्योगमन्त्री गौरी कुमारीले प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिई आवश्यक सुधारका लागि पहल गर्ने बताउनुभएको जनाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु