शनिबार, बैशाख ५, २०८३
  • होमपेज
  • काठमाडौँमा रात्रिकालीन विद्युतीय बस सेवा सुरु
Breaking News

काठमाडौँमा रात्रिकालीन विद्युतीय बस सेवा सुरु

काठमाडौँ, वैशाख १ — नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाडौँ महानगरपालिका ले सार्वजनिक यातायात क्षेत्रमा महत्वपूर्ण पहल गर्दै रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्ने घोषणा गरेको छ। यो सेवा साझा यातायात सँगको सहकार्यमा सञ्चालन हुनेछ।

यस सेवाअन्तर्गत बसहरू राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन्। प्रारम्भिक चरणमा दुई मुख्य रुट निर्धारण गरिएको छ—बुढानीलकण्ठदेखि लगनखेल र एयरपोर्टदेखि थानकोटसम्म। यात्रुहरूले प्रत्येक २० मिनेटमा बस सेवा पाउने व्यवस्था गरिएको छ।

विज्ञापन

यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रत्येक बसमा CCTV निगरानी प्रणाली जडान गरिनेछ भने एक जना नगरप्रहरीको अनिवार्य उपस्थिति रहनेछ।

यस सेवा सञ्चालनमा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका तथा बुढानीलकण्ठ नगरपालिका को सहकार्य रहनेछ।

महानगरले आगामी दिनमा अन्य स्थानीय तह तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै उपत्यकाभरि सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। यस पहललाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री सार्वजनिक यातायाततर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले काठमाडौँको शहरी गतिशीलता अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस