बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • बुटवलमा ‘एआई फर बिजनेस’ बहस : उद्योगी–व्यवसायी अटोमेसनतर्फ आकर्षित
Breaking News

बुटवलमा ‘एआई फर बिजनेस’ बहस : उद्योगी–व्यवसायी अटोमेसनतर्फ आकर्षित

बुटवलमा ‘एआई फर बिजनेस’ बहस : उद्योगी–व्यवसायी अटोमेसनतर्फ आकर्षित

बुटवल, रुपन्देही ।
व्यवसाय सञ्चालन खर्च बढ्दै जाँदा र दक्ष जनशक्तिको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि उद्योगी–व्यवसायीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधितर्फ आकर्षित हुन थालेका छन् । एआईको प्रयोगमार्फत कम जनशक्तिबाट बढी काम गर्न सकिने सम्भावनाले व्यवसायिक क्षेत्र उत्साहित देखिएको छ ।

विज्ञापन

शनिवार बुटवलमा आयोजित “AI For Business” कार्यक्रममा रुपन्देहीका उद्योगी–व्यवसायी, व्यवस्थापक तथा युवा उद्यमीहरूले एआईको प्रयोग, अटोमेसन र डिजिटल व्यवसाय व्यवस्थापनबारे छलफल गरेका हुन् । कार्यक्रम भैरहवास्थित Genius Talks का संस्थापक तथा आयोजक प्रमुख कृष्ण साह ले आयोजना गरेका हुन् ।

कार्यक्रममा भारतका एआई प्रशिक्षक परितोष शर्मा ले व्यवसाय सञ्चालन, मार्केटिङ, ब्राण्डिङ, ग्राहक सेवा तथा कार्यालय व्यवस्थापनमा एआईको प्रयोगबारे प्रशिक्षण दिएका थिए । उनले एआईको सही प्रयोगले उत्पादनशीलता बढाउने, समय बचत गर्ने र सञ्चालन खर्च घटाउने बताए ।

ई–ड्राइभ लुम्बिनीका सञ्चालक राजकुमार गुप्ता ले अहिलेको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई अटोमेसनमा लैजान आवश्यक रहेको बताए ।
उनले भने, “एआईको प्रयोग नगरी व्यवसाय सञ्चालन सहज छैन । अहिले कम जनशक्तिबाट धेरै काम गर्ने उपाय खोज्नुपरेको छ ।”

कार्यक्रममा सहभागी उद्योगीहरूले एआईले कर्मचारी व्यवस्थापन, कार्य दक्षता तथा उत्पादन प्रणालीमा पार्ने प्रभावबारे जिज्ञासा राखेका थिए । पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहु ले एआईलाई उद्योगभित्र कसरी प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भन्ने विषयमा प्रश्न राखेका थिए ।

युवा उद्योगी सुरज उप्रेती ले एआईबारे जानकारी भए पनि यसको व्यवहारिक प्रयोग अझै प्रारम्भिक चरणमै रहेको बताए ।
उनले भने, “अहिलेसम्म एआईलाई सामान्य जानकारी लिने माध्यमका रूपमा मात्र प्रयोग गरिएको छ । अब यसलाई कार्यशैलीमै रूपान्तरण गर्न आवश्यक छ ।”

कार्यक्रममा SpringBase.ai का संस्थापक भरत गोल्छा ले आफ्नो कम्पनीले प्रदान गर्ने एआई आधारित सेवाहरू तथा व्यवसायिक समाधानबारे जानकारी गराएका थिए ।

कार्यक्रममा रुपन्देहीका करिब १५० उद्योगी–व्यवसायी तथा व्यवसाय व्यवस्थापकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । व्यवसायिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै नेपाललाई “AI Ready” बनाउने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक कृष्ण साहले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस