बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारीमा
Breaking News

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारीमा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुन नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ मन्त्री बन्ने भएका छन्।

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पुनलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, र युवालाई प्रविधिमैत्री अवसर सिर्जना गर्न उनले लामो समयदेखि योगदान दिँदै आएका छन्।

विज्ञापन

उनको नियुक्तिसम्बन्धी औपचारिक निर्णय तथा शपथ ग्रहणको मिति भने सार्वजनिक भइसकेको छैन। नियुक्ति भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रका नीति, अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रमलाई नयाँ दिशा मिल्ने अपेक्षा गरिएको छ।

महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रमार्फत अनुसन्धान, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएका चर्चित व्यक्तित्व हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस