मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ
Breaking News

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ

 

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।

विज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको उपस्थिति रहेको थियो । सो अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीको समेत सहभागिता थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस