बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु UFC’ को सेमिफाइनलमा
Breaking News

नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु UFC’ को सेमिफाइनलमा

नेपाली MMA खेलाडी रविन्द्र ढाँट ‘Road to UFC Season 5’ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्।

मकाउ, चीनमा सम्पन्न क्वार्टरफाइनल प्रतिस्पर्धामा रविन्द्रले फिलिपिन्सका Kimbert Alintozon लाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। उत्कृष्ट प्रदर्शनसँगै उनले नेपालको MMA इतिहासमा नयाँ अध्याय थपेका छन्।

विज्ञापन

‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए। यो जितसँगै उनी ‘Road to UFC’ को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

अब सेमिफाइनलमा उनले Yunosuke Minami र Kasib Murdoch बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताइएको छ।

रविन्द्रको सफलतापछि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ भने नेपाली खेलप्रेमीहरू उनलाई छिट्टै UFC मा देख्न उत्साहित बनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस