शुक्रबार, जेष्ठ १५, २०८३ प्रकाशित
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले चालु, पुँजीगत तथा वित्तीय व्यवस्थापनतर्फको विस्तृत विनियोजन सार्वजनिक गरेका हुन् ।
💰 बजेट विनियोजन विवरण
सरकारले कुल बजेटमध्ये:
- चालु खर्च: १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८%)
- पुँजीगत खर्च: ४ खर्ब ३१ अर्ब १० करोड (२०.३%)
- वित्तीय व्यवस्था: ४ खर्ब २२ अर्ब ६४ करोड (१९.९%)
यो कुल खर्च अनुमान चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी रहेको छ ।
📊 आम्दानी र स्रोत व्यवस्थापन
आगामी आर्थिक वर्षका लागि:
- राजस्व संकलन: १४ खर्ब ५ अर्ब ३१ करोड
- वैदेशिक अनुदान: ६१ अर्ब ७४ करोड
यसबाट अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ मध्ये:
- विदेशी ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड
- आन्तरिक ऋणमार्फत बाँकी स्रोत व्यवस्थापन गरिनेछ
🏦 आन्तरिक ऋण र भुक्तानी स्थिति
सरकारले आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने अनुमान गरेको छ । तर २ खर्ब ४५ अर्ब ८९ करोड साँवा भुक्तानी हुने भएकाले खुद आन्तरिक ऋण परिचालन १ खर्ब ६४ अर्ब ११ करोड मात्र रहनेछ ।
🏗️ संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण
प्रदेश र स्थानीय तहका लागि विभिन्न शीर्षकमा अनुदान विनियोजन गरिएको छ:
- समानीकरण अनुदान: प्रदेशलाई ६१ अर्ब ५० करोड, स्थानीय तहलाई ९० अर्ब २० करोड
- समपूरक अनुदान: प्रदेश ४ अर्ब ६० करोड, स्थानीय तह ८ अर्ब ९३ करोड
- विशेष अनुदान: प्रदेश ३ अर्ब ८२ करोड, स्थानीय तह ९ अर्ब ४० करोड
- सशर्त अनुदान: प्रदेश ४९ अर्ब ७२ करोड, स्थानीय तह २ खर्ब ६ अर्ब ८ करोड
- राजस्व बाँडफाँट: कुल १ खर्ब ७५ अर्ब
फेसबुक प्रतिक्रियाहरु