बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • जन्मदिनमा अस्मित चन्द साेडारि द्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
Breaking News

जन्मदिनमा अस्मित चन्द साेडारि द्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कैलाली । आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै अस्मित चन्द सोडारीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
अस्मितले आफ्नो जन्मदिनको अवसरमा टिकापुर–१, कैलाली (ब्लक नं. १८) स्थित टिकापुर आधारभूत विद्यालयका सम्पूर्ण बालबालिकालाई विद्यालयमै पुगेर विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन्।
उनले विद्यार्थीहरूलाई कापी, पेन्सिल, पेन्सिल कलर, इरेजर, कटरलगायतका आवश्यक शैक्षिक सामग्री आफ्नै उपस्थितिमा वितरण गरेका थिए। सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए।
जन्मदिनलाई व्यक्तिगत खुसी र मनोरञ्जनमा मात्र सीमित नराखी बालबालिकाको शिक्षा तथा अध्ययनमा सहयोग गर्ने उद्देश्यले गरिएको यो पहलले सकारात्मक सामाजिक सन्देश दिएको छ। सानै उमेरदेखि सामाजिक उत्तरदायित्व र सेवाभाव प्रदर्शन गर्दै अस्मितले आफ्नो जन्मदिनको खुसी विद्यार्थीहरूसँग बाँडेका छन्।
विद्यालयका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको अध्ययनमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरिएको छ। अस्मितको यो पहलले ‘आफ्नो खुसी अरूसँग बाँडौँ र समाजका लागि केही गरौँ’ भन्ने सकारात्मक भावनालाई समेत प्रोत्साहन गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस