आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्रा शुक्रबारबाट सुरु भएको छ।
तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको थियो। पूजा सम्पन्न गर्दै भैरवनाथ र बेताललाई रथमा विराजमान गराई खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु गरिएको हो।
विज्ञापन
चैत ३० गते योसिंखेलमा गुठी पूजासहित सम्पूर्ण प्रक्रिया पूरा गरी साँझ लिङ्गो उठाइने कार्यक्रम तय गरिएको छ।

तस्बिरः मनोजरत्न शाही

फेसबुक प्रतिक्रियाहरु