शनिबार, बैशाख ५, २०८३
  • होमपेज
  • विषयगत र संयुक्त समितिका प्रस्तावित सभापतिहरूको सूची सार्वजनिक
Breaking News

विषयगत र संयुक्त समितिका प्रस्तावित सभापतिहरूको सूची सार्वजनिक

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लागेको छ ।

बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो । समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् ।

विज्ञापन

राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन्, ती समिति यसअघि नै गठन भइसकेका छन् ।

यी हुन् समितिका सभापतिहरू :

१) कानुन, न्याय तथा मानवअधिकार समिति – समीक्षा बास्कोटा
२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
३) पूर्वाधार विकास समिति – आशिष गजुरेल
४) महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
५) राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – ओजश्वी शेरचन
७) सार्वजनिक लेखा समिति – प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८) संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ
९) उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति – रहबर अन्सारी
१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति – गणेश कार्की
११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति – सुम्नीमा उदास
१२) अर्थ समिति – कृष्णहरि बुढाथोकी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस