बुधबार, बैशाख २, २०८३
  • होमपेज
  • हालका गृहमन्त्री यो कार्यक्रम मा कसरी सहभागि भए ‘द च्यारिटेबल चार्म’ बृहत् परोपकारी कार्यक्रम सम्पन्न
बागमती प्रदेश

हालका गृहमन्त्री यो कार्यक्रम मा कसरी सहभागि भए ‘द च्यारिटेबल चार्म’ बृहत् परोपकारी कार्यक्रम सम्पन्न

हालका गृहमन्त्री यो कार्यक्रम मा कसरी सहभागि भए ‘द च्यारिटेबल चार्म’ बृहत् परोपकारी कार्यक्रम सम्पन्न

विज्ञापन

प्रगतिवादी युवा समाज नेपालको आयोजनामा वि.सं. २०७८ साल असार ६ गतेदेखि असार १२ गतेसम्म “त्जभ ऋजबचष्तबदभि ऋजबचm” नामक बृहत् परोपकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम पहुँच नभएका तथा विपन्न समुदायका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आर्थिक संकलन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।

सात दिनसम्म सञ्चालन भएको यस अभियानमा समाजका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, सामाजिक अभियन्ता, कलाकार तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सहयोगलाई स्वास्थ्य सामग्री व्यवस्थापन तथा आवश्यकतामा रहेका समुदायलाई वितरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा भिम उपाध्याय, सुदन गुरुङ, अर्पण शर्मा, साइग्रेस पोखरेल, विपिन कार्की, गायक पशुपति शर्मा, गायिका मेलिना राई, डा. निकोलस भुसाल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

आयोजक संस्थाका अनुसार यति ठूलो परोपकारी अभियानमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एउटै प्लेटफर्ममा जोड्ने कार्य धिरेन्द्र चन्द सोडारी, शशिकान्त सिटौला र विवेक पाण्डे लगायतको पहलमा सम्भव भएको हो ।

आयोजकहरूले यस अभियानलाई सामाजिक एकता, मानवीय सहयोग र संकट व्यवस्थापनको उदाहरणीय पहलका रूपमा व्याख्या गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समग्रमा, त्जभ ऋजबचष्तबदभि ऋजबचm कार्यक्रमले संकटको समयमा सहकार्य, परोपकार र सामाजिक उत्तरदायित्वलाई सशक्त रूपमा उजागर गर्न सफल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस